काठमाडौं – राष्ट्र बैंकले नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा रहेको आफ्नो सेयर बिक्री गर्ने प्रक्रिया थालेको छ ।
यसअघि पटकपटक नेप्सेमा रहेको सेयर बिक्री गर्ने चर्चा चले पनि त्यसले मूर्त रूप पाउन सकेको थिएन । यसपटक भने राष्ट्र बैंकको सञ्चालक समितिले सेयर बिक्रीबारे निर्णय गरेर स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पठाउन लागेको छ ।
राष्ट्र बैंकले बनाएको मापदण्डअनुसार सरकारी संस्थान र पब्लिक लिमिटेड कम्पनीले नेप्सेको सेयर खरिद गर्न पाउनेछन् । ती कम्पनीलाई कम्तीमा ५ देखि बढीमा १५ प्रतिशत सेयर किन्न पाउने छुट राष्ट्र बैंकले दिने भएको छ ।
प्रतिक्रिया