नयाँ शक्तिसहित चार पार्टीबीच एकता हुने

७ बर्ष अगाडि

काठमाडौँ – पार्टी एकताका लागि बिहीबार नयाँ शक्ति, सघीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टी (राजपा) र राष्ट्रिय जनमुक्ति पार्टीका नेताबीच छलफल भएको छ । 

नयाँ शक्ति पार्टीको केन्द्रीय कार्यालय बबरमहल भएको छलफलमा नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई,राजपा अध्यक्ष मण्डलका महन्थ ठाकुर र राजेन्द्र महतो, फोरमका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमुक्ति पार्टी नेताबीच एकताका लागि छलफल चलेको हो । नेताबीच एकतासंगै बलियो वैकल्पिक शक्ति निर्माणका विषयमा छलफल केन्द्रीत छ ।  

एकताका लागि फरक मात्र नभई अन्य शक्तिहरु बीच छलफल भएको नयाँ शक्ति संयोजक बाबुराम भट्टराईले बताएको नयापत्रिकाले खबर छापेको छ । ‘हामीले सरकार बाहिर भएका विभिन्न शक्तिसँग एकताका लागि छलफल गरेका छौं’ भट्टराईले भने, ‘एकताका लागि टुङगो लागेको छैन, एकताका लागि वातावरण सकारात्मक बन्दै गएको भट्टराईले बताए ।’

७ बर्ष अगाडि

प्रतिक्रिया