काठमाडौँ – केही दिनयता निकै चर्चामा रहेको डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमसँगको एकतामा राष्ट्रिय जनता पार्टी पनि मिसिने संकेत देखिएको छ ।
अहिले नयाँशक्ति पार्टीका संयोजक बाबुराम भट्टराई, राजपा बरिष्ठ नेता महन्थ ठाकुर र फोरम अध्यक्ष उपेन्द्र यादवबिच बबरमहलमा वार्ता भइरहेको छ । एकता वार्ताका लागि अध्यक्ष एबं उपप्रधानमन्त्री उपेन्द्र यादव नयाँ शक्तिको केन्द्रीय कार्यालय पुगेसँगै राजपा नेता ठाकुर पनि त्यहाँ पुगेको स्रोतले बतायो ।
यसअघि नयाँ शक्ति र फोरमबीच पार्टी एकता वार्ता भएको थियो । नयाँशक्ति र फोरमले वैशाख २३ गते पार्टी उकता गर्ने मिति पनि तय गरिसकेका छन् । यसअघि नयाँ शक्तिले पार्टी एकताका लागि सरकार छोड्नुपर्ने सर्त फोरम समक्ष राखेको थियो ।
प्रतिक्रिया