जन्ती र बेहुलीपक्षबीच झगडा हुदाँ एक जनाको मृत्यु, घटनामा संलग्न १५ जना पक्राउ

६ बर्ष अगाडि

गोरखा– बिबाहमा केटी जिस्क्याएको निहुँमा गोरखामा जन्ती र बेहुलीपक्षबीच भएको झडमा घाइते भएका एक जनाको मृत्यु भएको छ । 

बुधबार बेलुका साढे ८ बजे भएको उक्त घटनामा लमजुङ अल्काटारका ३४ वर्षीय विष्णुबहादुर कुमालको उपचारका क्रममा मृत्यु भएको हो । 

बुधबार लमजुङको राइनस नगरपालिका–४ अल्कटारबाट बेहुली लिन गोरखाको पालुङटार–४ कुमाल गाउँ आएका जन्ती पक्षका युवाहरूले केटी जिस्क्याएको आरोपमा कुटाकुट भएको हो ।

कुटपिटबाट घाइते कुमाललाई उपचारको लागि पोखराको गण्डकी मेडिकल कलेज लगिएको थियो । गोरखाका एसपी भोला रावलले घटनामा संलग्न रहेका १५ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको बताए ।

६ बर्ष अगाडि

प्रतिक्रिया