बाबुराम र उपेन्द्रको पार्टीबीच एकता फाइनल, २३ गते घोषणा

७ बर्ष अगाडि

काठमाडौं – उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल र डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीबीच वैशाख २३ गते एकता हुने भएको छ । 

एकीकरणलाई अन्तिम रुप दिने उद्देश्यका साथ बिहीबार दुई पार्टीका अध्यक्षबीच ‘वान टु वान’ वार्ता भएको छ ।

यी दुईजना अध्यक्ष बीच विहान पहिलो एक चरणको ‘वान टु वान’  वार्ता सकिएको छ भने दोस्रो चरणको छलफल पनि आजै बुढानीलकण्ठको एक घरमा चलिरहेको नयाँ शक्ति पार्टी स्रोतले जनाएको छ । 

विहान भएको छलफलबाट दुवैजना अध्यक्षले एकीकृत पार्टीको आधिकारिक दस्तावेज तयार गरेको बताइएको छ ।  यस्तै दोस्रो चरणको छलफलबाट दस्ताबेजलाई अन्तिम रुप दिइने छ । 

ती दस्तावेजलाई शुक्रवार बस्ने नयाँ शक्ति पार्टीको सचिवालय बैठक र शनिवार बस्ने फोरम नेपालको केन्द्रीय समितिको बैठकबाट अनुमोदन गराइने बताइएको छ । त्यसपछि २३ गते एकता हुनेछ ।

७ बर्ष अगाडि

प्रतिक्रिया