प्रधानमन्त्री, मन्त्री र स्वकीय सचिवको तलब बढ्यो

७ बर्ष अगाडि

काठमाडौँ – प्रधानमन्त्री, मन्त्री र स्वकीय सचिवको तलब बढ्ने भएको छ । 

अर्थमन्त्रालयले प्रधानमन्त्री, मन्त्री र स्वकीय सचिवको दरबन्दी तथा तलबभत्ता सम्बन्धी नयाँ व्यवस्था प्रस्ताव गरेको हो ।

बजेट निर्माणमा खटिरहेको अर्थ मन्त्रालयले प्रधानमन्त्री, मन्त्रीदेखि तिनका स्वकीय सचिवहरुको तलब–भत्तासम्बन्धी नयाँ व्यवस्था गरेको छ । अबदेखि प्रधानमन्त्रीले मासिक ९४ हजार २ सय ८०, उपप्रधानमन्त्रीले ७७ हजार ३ सय २०, मन्त्रीका लागि ६९ हजार ४ सय राज्यमन्त्रीका लागि ६३ हजार ७ सय ७० र सहायकमन्त्रीका लागि ६२ हजार ४ सय ९० रुपैयाँ तलब सुविधा दिइने भएको छ ।

नयाँ व्यस्थाअनुसार अनुसार प्रमुख स्वकीय सचिवको तलब मासिक ५७ हजार ७ सय ८०, स्वकीय सचिवको ५१ हजार ४ सय २०, सहस्वकीय सचिवको ४० हजार १ सय ५०, उपस्वकीय सचिवको ३४ हजार २ सय २०, स्वकीय अधिकृतको ३० हजार ५ सय, फोटोग्राफरको ३० हजार ५ सय, ड्राइभरको १८ हजार ३ सय ४० र पियनको १६ हजार १ सय ३० रुपैयाँ तलब छ ।

७ बर्ष अगाडि

प्रतिक्रिया