कलेजवाट फर्किर्दे गरेकी युवतीको टिप्परले ज्यान लियो

७ बर्ष अगाडि

बुटवल – पुर्व पश्चिम राजमार्ग अन्र्तगत बुटवलको पाखापानीमा टिप्परको ठक्करबाट एक युवतीको मृत्यु भएको छ ।  

ट्राफ्रिक प्रहरी कार्यालय अनुसार  बिहान साँढे ११ बजे बुटवलको पाखापानीमा बुटवलबाट बेलबासतर्फ जादै गरेको लु ४५ प ७२३४ नम्बर स्कुटीलाई टिप्परले ठक्कर दिदा बुटवल उपमहानगरपालिका बार्ड नम्बर १२ तामनगरी कि १८ बर्षिय पुप्पा भण्डारी घटनास्थलमै मृत्यु भएको हो ।  

पुप्पा कलेजबाट घर फर्किदै थिईन् । एकै दिशाबाट जादै गरेका टिप्परले र स्कुटीलाई  ठक्कर दिएको हो ।  प्रहरीले दुईबटा टिप्परलाई नियँन्त्रमा लिएको छ । कुनले ठक्कर दिएको भन्ने खुलेको छैन् ।अनुसन्धान भईरेको प्रहरीको भनाई छ ।

७ बर्ष अगाडि

प्रतिक्रिया