अस्पतालको कार्यक्रम जनप्रतिनिधीले गरे बहिष्कार, मेयरलाई उपमेयरदेखि वडाअध्यक्षले दिए चुनौती

७ बर्ष अगाडि

भक्तपुर – मध्यपुरका थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले नगरपालिकाको दुईतिहाई बहुमतको अनादर गरेको भन्दै नेपाल कोरिया मैत्री अस्पतालको १० औ वार्षिकोत्सव समारोह बहिष्कार गरेका छन् । 

मध्यपुरथिमि नगरपालिकाद्धारा संचालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको स्थापना दिवसमा वडाअध्यक्षदेखि कार्यपालिका सदस्य समेतले कार्यक्रम बहिष्कार गरेका छन् । सुरु मै कार्यपालिका सदस्यहरुलाई आसन ग्रहण समेत नगराएको र कार्यक्रममा मेयर श्रेष्ठले एकलौटी र मनोमानी गरेको भन्दै कार्यपालिका सदस्य समेतले कार्यक्रमको सुरुवात मै बहिष्कार गरेर बाहिर चियापसलमा गएर बसेका थिए । कार्यक्रममा उपप्रमुख अञ्जनादेवी मधिकर्मीले मेयर श्रेष्ठले एकलौटी रुपमा नगरपालिका र अस्पताल चलाएको बताउदै मेयरले यस्तै रबैया देखाए चुप लागेर नबस्ने चेतावनी दिईन् । अस्पतालको कार्यक्रममा सहभागि प्रमुख अतिथि तथा अतिथि र अन्य सहभागिहरु कै अगाडि मेयरलाई चुनौती दिदै उपमेयरले दुईतिहाई बहमुत भएको पक्षलाई अटेर गरेर मेयरले अगाडि बढे सह्य नहुने बताएकी थिईन् । 

अघिल्लो दिन अस्पतालमा गरेको फलफूल वितरणमा समेत अरुलाई बेवास्ता गरि मेयरले एकलौटी रुपमा कार्यक्रम चलाएको, कार्यपालिकाको बैठक समेत नराखी एकलौटी गरेको भन्दै मेयरको कदम निरंकुशतातिर अगाडि बढेको भनाई राखिन् । 

नगरपालिकाका प्रवक्ता एवं वडा नं. २ का अध्यक्ष राम थापामगरले मेयरले एकलौटी गरेर अगाडि बढेको बताउदै यस्तै पारा रहे मेयरलाई असहयोग गर्ने बताए । मेयरले निरंकुश ढंगले अगाडि बढेको बताउदै अस्पतालमा कार्यकर्ता भर्ती केन्द्र बनाएर ९० जना भन्दा बढीलाई भर्ना गरेको बताए । अस्पतालमा आफूलाई बोर्ड सदस्य बनाएर पनि कुनै पनि कुरामा बैठकमा नबोलाएको, यहाँ खरिद गरेको मेशिनदेखि औषधिसम्ममा अपारदर्शिता रहेको, भ्रष्टाचार मौलाएको चर्चा व्यापक चल्दा पनि लाज नलागेको टिप्पणी गरे । विरामीको चाप बढ्यो भनेर खुसी नहुनु भन्दै थापामगरले सेवा र औषधि गुणस्तरीय नभएको बताए । उस्तो अबस्थामा विरामी बढ्नुको अर्थ नभएको बताए । 

अस्पतालका कर्मचारी र डाक्टरले तीन महिनासम्म तलब नपाएको गुनासो बढिरहेको बताउदै कागजमा अस्पताल मुनाफा देखाउने तर वास्तवमा अस्पताल घाटामा रहेको बताए । अस्पताललाई अन्तरिम रुपमा एकलौटी रुपमा चलाउन नहुने बताउदै अब ऐन, नियम, विनियम बनाएर पूर्ण रुपमा नगरपालिकाको निर्णय अनुसार संचालन गर्नुपर्ने बताए । साउनमा बजेट आउनु पर्ने तर मेयरले अहिलेसम्म बजेट प्रक्रिया मै नल्याएर मनोमानी गरेको भन्दै कार्यपालिका सदस्यमाथि गरेको अपमानको बदला लिने बताए । अस्पतालमा रेडियोथेरापी मेशिन स्थापना गर्न गरेको शिलन्यास अलपत्र परेर मेयरलाई गिज्याई रहेको टिप्पणी गर्दै थापामगरले कमिसनको खेलमा मेहिन आउन ढिलाई भएको चर्चा चलेको बताए । आफ्नो भनाई राखेर थापामगरले पनि कार्यक्रम बहिष्कार गरेभने अर्का वडाअध्यक्ष प्रेम कुटुले पनि कार्यक्रम बहिष्कार गरे । अष्ट कवेले समेत कार्यक्रम बहिष्कार गरे ।

अस्पतालका निर्देशक डा. ज्ञानकृष्ण श्रेष्ठलाई अस्पतालमा सातामा एकदिन आउने नभई साताभरी आउने गरि व्यबस्था मिलाउन थापामगरले भने । पाटन अस्पतालमा राजिनामा दिएर यता आउन कि यो अस्पताल छोड्न माइृकबाटै आग्रह गर्दै थापवामगरले हप्तामा एक दिन आएर पद ओगटेर नबस्न चेतावनी दिए ।

कार्यक्रममा प्रतिनिधीसभाका सांसद एवं पूर्वउद्योग मन्त्री महेश बस्नेतले मेयरको आलोचना भएको सुनेर तीन वटा कथा सुनाउदै मिलेर गएमात्रै अस्पताल जोगिने टिप्पणी गरे । उनले लापर्वाहीले सरकारी अस्पतालमा जनताको विश्वास हट्दै गएको बताए । यहाँका मुटुको विरामीको उपचार नपाएर बाटो मै ज्यान जाने अबस्था छ, सरकारी अस्पतालका डाक्टरले विरामीलाई निजी अस्पतालमा विरामी रिफर गरेर पाँच हजार रकम बुझिरहेका थाहापाएको बताए । 

कार्यक्रममा प्रदेश नं. ३ का प्रदेश सदस्य डा. राजेन्द्रमान श्रेष्ठले यो अस्पताललाई गुणस्तर र सेवा विस्तार गर्दै मध्यपुरथिमिको मात्रै नभई देशभरका विरामी आउने विश्वसनीय अस्पतालको रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो ।मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदन सुन्दर श्रेष्ठले आफूमाथि भएको आलोचनाको एकघण्टासम्म सपष्टीकरण दिएर समय सिध्याए । 

अस्पतालका निर्देशक डा. ज्ञानकृष्ण श्रेष्ठले अस्पतालले यसवर्ष २ करोड ४५ लाख ६६ हजार ९२९ रुपैया मुनाफा गरेको भन्दै फर्जि हिसाव पेश गरेर भ्ष्टाचारलाई पुष्टी गराएका छन् । विरामीको निश्चित संख्या र मुनाफाको निश्चित रकम देखाउन नसकि सालाखाला बजेट भन्दै पेश गरेर हचुवाको भरमा नाफा देखाएर त्यहा भित्र भएको भ्रष्टाचारको पुष्टी गरेको हो ।  कार्यक्रममा नेकपाका भक्तपुर जिल्ला अध्यक्ष बचन देउजा, नेपाली काँग्रेसका पूर्व जिल्ला सभापति गणेशमान चक्रधर, काँग्रेस मध्यपुर नगर समिति सभापति सुरेन्द्र श्रेष्ठले लगायतले अस्पताल एकलौटी रुपमा लान नहुने बताए ।

७ बर्ष अगाडि

प्रतिक्रिया