काठमाडौं – नेपाल पुनर्बीमा कम्पनीले निकट भविस्यमा नै साधारण सेयर बिक्री गर्ने भएको छ ।
अहिले कम्पनीको साधारण सेयर बिक्री गर्ने आधारभूत तयारी भइरहेको छ । आइपिओ बिक्री गर्ने तयारीमा रहेको कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा रु ५५ करोड ७९ लाख ६० हजार नाफा आर्जन गरेको छ ।
उक्त नाफा मध्ये रु ५० करोड १२ लाख १ हजार निर्जीवन व्यवसाय तर्फ रहेको छ भने जीवन बीमा तर्फ रु ५ करोड ६७ लाख ५९ हजार रहेको छ । रु आठ अर्ब ४० करोड चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा रु दुई अर्ब १७ करोड ३३ लाख ९४ हजार रहेको छ ।
उक्त जगेडा कोषमध्ये निर्जीबन व्यवसाय तर्फ रु १ अर्ब ७७ करोड ३० लाख ६६ हजार रहेको छ भने जीवन बीमा तर्फ रु ४० करोड ३ लाख २८ हजार रहेको रिपोर्टमा उल्लेख छ ।
सो अवधिमा कम्पनीले रु १ अर्ब ११ करोड ३६ लाख ४१ हजार बीमा कोष आर्जन गरेको छ । कम्पनीको अनुसार चालु आवको दोस्रो त्रैमाससम्म आईपुग्दा रु दुई अर्ब ९९ करोड ६ लाख ७८ हजार बीमा शुल्क आर्जन गरेको छ ।
जसमा निर्जीबन व्यवसायतर्फ रु २ अर्ब ७९ करोड २० लाख ३९ हजार रहेको छ भने जीवन बीमा तर्फ रु १९ करोड ८६ लाख ३९ हजार रहेको छ । यस्तै पुनर्बीमा कमिशन बापत रु ४३ करोड ५ लाख ९७ हजार आर्जन गरको छ ।
प्रतिक्रिया