पश्चिमी वायुको प्रभावका कारण काठमाडौंमा भिषण हावाहुरी

७ बर्ष अगाडि

काठमाडौँ–काठमाडौँ उपत्यकामा आज साँझ आएको भिषण हावाहुरीले त्रसित बनाउनुका साथै केही बेर जनजीवनमा प्रभावित बनाएको छ ।  
    हावाहुरी र पानीका कारण यात्रा गरिरहेका यात्रुलाई निकै सास्ती बनायो । 

    मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ध् गङ्गा नगरकोटीका अनुसार प्रि मनसुनका कारण र स्थानीय र पश्चिमी वायुको कारणले मौसम सक्रिए भएको हो । 

यो अवस्थामा हावाहुरी चल्ने र मेघगर्जनसहित पानी गर्ने गर्दछ । प्रि मनसुका अवस्थामा हुने यो नियमति प्रक्रिया नै हो । हावाहुरीका कारण बालाजुस्थित भाटभटेनी सुपरमार्केट नजिकै एक रुख भाच्चिदा बा ४ च १२३ नम्बरको गाडीमा सामान्य क्षति भएको महानगरी प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता तथा वरिष्ठ प्रहरी उपरीक्षक श्याम ज्ञवालीले जानकारी दिए । 

७ बर्ष अगाडि

प्रतिक्रिया