सरकारले राम्रो काम गर्न थालेपछि समर्थन फिर्ता लिन थालियो : प्रधानमन्त्री ओली

७ बर्ष अगाडि

काठमाडौँ –  प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले राम्रो काम गर्न थालेपछि सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताएका छन् । 

१३० औँ अन्तर्राष्ट्रिय मजदुर दिवसका अवसरमा संयुक्त ट्रेड युनियनले काठमाडौंमा गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले  राष्ट्रिय जनता पार्टी, नेपालका नेता राजेन्द्र महतोलाई इङिकत गर्दे यस्तो बताएका हुन् । 

उनले भने सरकारले राम्रो काम गर्न थालेपछि साथीहरुले दिइएको समर्थन फिर्ता लिन थाले । उनले समर्थन फिर्ता लिएको भन्दै फेरी सरकारमा आउन समेत आग्रह गरेका थिए । उनले महतोलाई सिमामा गएर नाकाबन्दी लाएर विकास नहुने भन्दै अगाडी नै भने सिमामा गएर नाकाबन्दी लाउदा विकास हुन्छ ? उनले प्रश्न गरे ।  

धानमन्त्रीले समृद्धि बोलेर मात्रै नहुने भन्दै काम गरेरनै समृद्धि आउने भएकाले सबै मिलेर अघि बढ्नुपर्ने बताए ।  ‘नेपाल समृद्ध हुनैपर्छ । जनता सुखी हुनुपर्छ भन्दा किन भत्भत् हुने ?’ प्रधानमन्त्रीले प्रश्न गरे । 
हरेक नेपाली सुखी र समृद्ध हुनुपर्छ भन्ने नेकपाको सरकारको भनाइ रहेको भन्दै उनले पछाडि परेको वर्गलाई अगाडी ल्याउने पार्टी नेकपामात्रै भएको दावी गरे ।

७ बर्ष अगाडि

प्रतिक्रिया