बर्दिवास – उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले जेष्ठ नागरिक भत्ता ५ हजार पु¥याउने बताएका छन् ।
महोत्तरीको बर्दिवास नगरपालिकामा बर्दिवास मेडिकल कलेज स्थापनाका लागि पूर्वाधार निर्माण विकास आयोजनाको कार्यालय उदघाटन गर्दै पोखरेलले आगामी आर्थिक वर्षको बजेटबाट ज्येष्ठ नागरिकको भत्ता ५ हजार बनाइने बताएका हुन् ।
उनले भत्ता मासिक पाँच हजार पुर्याउने गरी सरकारमा गृहकार्य भइरहेको बताए ।
प्रतिक्रिया