तस्करले नै प्रहरीको हतियार लुटे

७ बर्ष अगाडि

जनकपुर  – धनुषाको मुखियापट्टि मुसरनीयाँ नाकामा आज तस्कर र प्रहरीबीच झडपका क्रममा प्रहरीको हतियार लुटिएको छ । 

नेपालबाट भारततर्फ अबैध रुपमा रक्सी लगिरहेको तस्करकको समूह र प्रहरीबीच झडप भएको हो । सो क्रममा तस्करहरुले प्रहरीको एक थान पेस्तौल र त्यसमा प्रयोग हुने गोली म्यागजीन लुटेको बताईएको छ । 

रक्सी भारततर्फ लैजान रोकेपछि तस्करले प्रहरीमाथि आक्रमण गरेको र त्यसपछि झडप भएको प्रहरीको भनाई छ । 
गस्तीमा रहेका प्रहरी र भारततर्फ रक्सी तस्करी गर्ने समूहबीच भएको झडपका क्रममा नेपाल प्रहरीका सहायक प्रहरी निरीक्षक प्रमोदकुमार साहको साथमा रहेको पेस्तोल र गोली तस्करहरुले लुटेको श्रोतको भनाई छ । 

यता जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरिक्षक रामेश्वर कार्कीले प्रहरीको पेस्तोल खोसेको बारे अनुसन्धान भईरहेको बताए । 

७ बर्ष अगाडि

प्रतिक्रिया