हामी बुद्धको देशमा जन्मिएका मानिस हौँ : सीके राउत

७ बर्ष अगाडि

काठमाडौँ –  डा. सीके राउतले हामी सबै बुद्धको देशमा जन्मिएकाले सजिलै सँग बुद्धत्व प्राप्त गर्न सक्ने बताएका छन् । 

त्रिभुवन विश्वविद्यालयद्वारा बुधबार राजधानीमा आयोजित सम्यक परिवर्तनमा युवा नेतृत्व भन्ने अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले भने हामी गौतम बुद्धको देशमा जन्मिएका मानिस हौ, त्यसैले हामी सजिलै सँग बुद्धत्व प्राप्त गर्न सक्छौ । 

कार्यक्रममा बोल्दै उनले युवाहरु राजनीतिक परिवर्तनमा नेतृत्वलाई सहयोग गर्ने तर भविष्यका कर्णधार मात्रै भएर बस्ने गरेको वर्तमानका लागि आफैले केही गर्नुपर्ने बताए । युवाहरुलाई नेताहरुले भविष्यका कर्णधार भनेर पुल्पुल्याउने काम गरेको भन्दै उनले अब युवाहरु परिवर्तनका संवाहकका रुपमा अब अघि बढ्नु पर्ने बताए । 

७ बर्ष अगाडि

प्रतिक्रिया