काठमाडौँ — राष्ट्रिय जनता पार्टी (राजपा) ले शुक्रबार आफ्नो प्रथम स्थापना दिवस मनाउँदै गर्दा असन्तुष्ट नेताहरूले बेग्लै पार्टी घोषणा गरेका छन् । ६ मधेसकेन्द्रित दल मिलेर गत वर्ष वैशाख ७ कै दिन राजपा गठन गरेका थिए ।
राजपाका उपाध्यक्ष अशोककुमार यादवको नेतृत्वमा नयाँ पार्टी घोषणा गरिएको हो । पार्टीको नाम राष्ट्रिय जनता पार्टी (लोकतान्त्रिक) राखिएको छ । यादवसहित ३३ केन्द्रीय सदस्य नयाँ पार्टीमा समावेश भएको दाबी शुक्रबार पत्रकार सम्मेलनमा गरिएको थियो ।
नेता महन्थ ठाकुरको नेतृत्वमा रहेको तराई मधेस लोकतान्त्रिक, राजेन्द्र महतो नेतृत्वको सद्भावना, शरदसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी, महेन्द्र यादव नेतृत्वको तराई मधेस सद्भावना, राजकिशोर यादव नेतृत्वको मधेसी जनअधिकार फोरम गणतान्त्रिक र अनिल झाले नेतृत्व गरेको नेपाल सद्भावना पार्टीबीच एकीकरण भएको थियो, कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया