अर्घाखाँची सवारी दुर्घटना: नेकपाका ४ नेता घाइते

७ बर्ष अगाडि

काठमाडौं– सवारी दुर्घटनामा परि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाङका चार नेता घाइते भएका छन् । 

अर्घाखाँचीमा भएको सवारी दुर्घटनामा घाइते भएकामा लक्ष्मण शर्मा,  शिवकुमार आचार्य, मनोहर बुढाथोकी र शिवानन्द डाँगी रहेका छन् । घाइतेमध्ये बुढाथोकी र शर्माको बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । 

शर्माको करङमा र बुढाथोकीको अनुहारमा चोट लागेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।  यद्यपि घाइते सबै खतरामुक्त रहेका छन् । मुख्यमन्त्री शंकर पोखरेलसँगै बुटवल जान लागेका उनीहरु दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरु सवार बा १८ च १२५ नम्वरको कार ना ६ ख ४३४९ नम्वरको ट्रकसँग ठोक्किन पुगेको थियो ।

७ बर्ष अगाडि

प्रतिक्रिया