काठमाडौँ – २ बर्ष कैद सजाय भुक्तान गरि छुटेको महिना दिन नबित्दै सगरमाथा पोलुसन कन्ट्रोल कमिटीको शाखा कार्यालयमा चोरी गर्ने क्रममा एक व्यक्ति पक्राउ परेका छन् ।
कामपा २९ अनामनगर स्थित लाल बहादुर राईको घरको पहिलो तलामा रहेको ललितपुर पाटन घर भएका निशान भन्ने खगेन्द्र श्रेष्ठले सन्चालन गरेको सगरमाथा पोलुसन कन्ट्रोल कमिटीको शाखा कार्यालयमा चोरी गर्ने क्रममा कृतन राईलाई पक्राउ गरिएको हो ।
उक्त शाखा कार्यालयमा कोही मानिसहरु नभएको अवस्थामा कार्यलयको ढोका तथा दराजको समेत खोलि दराजको सेफभित्र राखिएको नगद रु ६,००,००० ९छ लाख० चोरी गरी कार्यालयको झ्यालबाट हामफाली भाग्दै गरेको अवस्थामा स्थानिय र प्रहरीको सहयोगमा कृतन राईलाई पक्राउ गरिएको थियो ।
राई जिल्ला धरान धरान नपा ११ घर गरी हाल काजि। कामपा २९ अनामनगरमा बस्दै आएका थिए ।
राई २ बर्ष कैद सजाय कारगारबाट भुक्तान गरि छुटेको१ महिना नबित्दै पुन चोरी कार्य गरेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया