स्रोत नखुलेको नेपाली रुपैयाँ सहित कोरियन नागरिक पक्राउ

७ बर्ष अगाडि

 काठमाडौं-त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कोरियन नागरिक एम ७४९४०१६० राहदानी नम्बर भएका ४८ वर्षीय जोन हुन किमलाई स्रोत नखुलेको १५ लाख ३१ हजार नेपाली रुपैयाँ सहित सोमबार दिउसो प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौंबाट वुद्ध एयरको उडानद्वारा बाराको सिमरा जान लागेका उनलाई जाँच गर्ने क्रममा लुकाईछिपाई राखेको उक्त नगद सहित फेला पारी प्रहरीले पक्राउ गरेको हो ।

जोनलाई थप अनुसन्धान तथा कारबाहीको लागि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग, पुल्चोक पठाइएको छ ।

७ बर्ष अगाडि

प्रतिक्रिया