सरकारको बदनाम गर्न विरोधीले वालुवाटार जग्गा प्रकरणलाई उचाल्ने काम गरे : प्रधानमन्त्री

७ बर्ष अगाडि

काठमाडौँ – प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले महासचिव विष्णु पौडेलले वालुवाटारको सरकारी जग्गा अतिक्रमण नगरेको दाबी गरेका छन् । 

पार्टी सचिवालय बैठकमा ओलीले विरोधीले पार्टी र सरकारलाई बदनाम गर्न वालुवाटार जग्गा प्रकरणलाई उचाल्ने काम गरेको बताए । 

ओलीले जग्गा किन्दाको समयमा पौडेल कुनै लाभको पदमा नरहेको पनि स्पष्ट पारे । ‘उहाँले किन्नु भन्दा पहिला कसरी अरु व्यक्तिले किने भन्ने कुरा पहिलाको सरकारले जान्ने कुरा हो, उनले भने, ‘उहाँ त्यतिबेला पार्टीको कुनै पदमा पनि हुनुहुन्थेन । त्यसकारण सत्ता र पदको दुरुपयोग गरेर जग्गा किनेको पनि होइन ।’ 

उनले नेकपाको सरकार र पार्टीलाई बदनाम गर्न महासचिव विष्णु पौडेललाई लान्छना लगाइएको पनि बताए । 

प्रधानमन्त्री ओलीले सरकारले असल नियतका साथ काम गरेको भन्दै देशैभर अतिक्रमणमा परेका सरकारी जग्गा फिर्ता ल्याउने पनि बताए ।

७ बर्ष अगाडि

प्रतिक्रिया