काठमाडौँ – गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले वैशाख ९ देखि १२ गतेसम्म निष्काशन गरेको आईपीओको शुक्रबार बाँडफाँड हुने भएको छ ।
बिक्री प्रबन्धक एनआईविएल एस क्यापिटलले उक्त आईपीओ आगामी शुक्रबार बाँडफाँड गर्ने जानकारी दिएको हो ।
कम्पनीले सर्वसाधारणका लागि ३ लाख १३ हजार ७५ कित्ता आईपीओ बिक्री खुला गरेको थियो । उक्त आईपीओमा ३ लाख २९ हजार ४१ आवेदकबाट ६७ लाख ४९ हजार ३३० कित्ताका लागि आवेदन परेको थियो । जुन कम्पनीको मागभन्दा २१ गुुणा बढी हो ।
कम्पनीले कुल ३ लाख ३५ हजार कित्तामध्ये कर्मचारी र सामूहिक लगानी कोष (म्युचुअल फण्ड)लाई छुट्याएर बाँकी रहेको सेयर सर्वसाधारणमा बिक्री गरेको हो ।
प्रतिक्रिया