ड्युटीमा खटिएको प्रहरीलाई हातपात गर्ने चार जना पक्राउ

७ बर्ष अगाडि

काठमाडौं – काठमाडौं महानगरपालिका-१४ स्थित कुमारीक्लब नजिक ड्युटिमा खटिएको प्रहरीमाथि नै हातपात गर्ने काठमाडौं बानेश्‍वर बस्ने २२ वर्षीय बिवस श्रेष्ठ सहित ४ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
 
महानगरीय प्रहरी प्रभाग बल्खुबाट खटिएको प्रहरी टोलीले उक्त ठाउँमा जाँच गर्ने क्रममा होहल्ला गरी अशान्ति फैलाउने व्यक्तिहरूलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि नै हातपात गरेपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ  ।

७ बर्ष अगाडि

प्रतिक्रिया