१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ

७ बर्ष अगाडि

ललितपुर – ललितपुर शेर्पा टोल बस्ने सिन्धुलीकी १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ललितपुर बस्ने पाँचथर फिदिम नगरपालिका-५ घर भएका २४ वर्षीय रमेश लिम्बु र सोही ठाउँ बस्ने उदयपुरका २४ वर्षीय विबेक मैनालीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । 

बालिकालाई गोदावरी नगरपालिका-३ स्थित फुल्चोकी जंगलमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ  ।

७ बर्ष अगाडि

प्रतिक्रिया