प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने पक्राउ

७ बर्ष अगाडि

काठमाडौं – प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने कीर्तिपुर बस्ने दाङ तुल्सीपुर-५ घर भएका २४ वर्षीय ललित वलीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।  

काठमाडौं महानगरपालिका-२९ डिल्लीबजारस्थित महानगरीय प्रहरी वृत्त सिंहदरबारबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा वलीले मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाएकाले कारबाहीबाट बच्न ५ सय रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोजेका थिए । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ  । 

७ बर्ष अगाडि

प्रतिक्रिया