विक्रम पाण्डे, जयराम लामिछाने र हरिनारायण रौनियारले तिरेनन् कर, बाकी बक्यौता अनुसार असुल गर्ने सरकारको तयारी

७ बर्ष अगाडि

काठमाडौं – राप्रपाका नेता विक्रम पाण्डे, पप्पू कन्स्ट्रक्सनका हरिनारायण रौनियार, काँग्रेस नेता जयराम लामिछानेले कर नतिरेको पाइएको छ ।

यस्तै अग्नि एयरका सञ्चालक सुधिर बस्नेत, कालिका कन्स्ट्रकसनका विक्रम पाण्डे, स्वच्छन्द कन्स्ट्रक्सनका जयराम लामिछाने, पप्पू कन्स्ट्रक्सनका हरिनारायण रौनियारलगायत ५५ जनालाई १५ दिन भित्र कर तिर्न आउन आन्तरिक राजश्व विभागले सूचना प्रकाशित गरेको छ ।

यस्तै पूर्व मन्त्री नारायणसिंह पुन बितेको ११ वर्ष पूरा भएको छ । सन् २००८ मा पूर्व मन्त्री पुनको निधन भएको हो । तर पुन बितेको ११ वर्ष पूरा भएपछि आन्तरिक राजश्व विभागले उनको नाममा कर तिर्न आउन आज सूचना प्रकाशित गरेको छ । पुनको स्वामित्वमा रहेको कर्णाली एयरले आयकर नयितरेको भन्दै आज सूचना प्रकाशित गरी १५ दिन भित्र कर तिर्न आउन सूचना प्रकाशित गरेको छ ।

पुन बितेपनि उनको स्वामित्वमा रहेको कर्णाली एयरले आयकर नतिरेको भन्दै कर तिर्नका लागि ताकेता गरेको छ । निधन भएको लामो समयपछि कर तिर्न ताकेता गरिएको हो ।

उनीहरुलाई १५ दिन भित्र कर तिर्न नआएमा कानुनअनुसार कर असुल गरिने आन्तरिक राजश्वको सूचनामा उल्लेख छ । 

७ बर्ष अगाडि

प्रतिक्रिया