काठमाडौँ – एकता घोषणा भएको र केन्द्र, प्रदेशका समिति बनेको एक वर्षपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले जिल्ला समितिको नेतृत्व टुंगो लगाएको छ ।
एकता प्रक्रियाले जुन स्तरमा जुन आधारका साथ गति लिनु पर्दथ्यो त्यो भने हुन नसकेकोमा पछिल्लो पटक नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको ७० वर्ष पूरा भएको दिन अर्थात् वैशाख ९ गते जिल्ला समितिको नेतृत्व टुंगो लगाइएको हो ।
लामो समयसम्म पार्टी एकता प्रक्रियाले गति लिन नसक्दा देशव्यापी रुपमा राजनीतिक कार्यक्रमले समेत गति लिन सकेको थिएन । पार्टीको तल्ला समितिहरु तदर्थवादमा हराएका थिए । राजनीतिक गतिविधि केही भएको थिएन । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका केही नेताले जागरणको नाममा जिल्लामा केही सामान्य खालको कार्यक्रम गरपनि अन्य दल भने गाँउ नै गएका थिएनन् । तर नेकपाले केन्द्र, प्रदेश तथा स्थानीय तहमा समेत ठूलो जनमत पाएको अवस्थामा उसको गतिविधि प्रभावकारी हुनु पर्ने थियो । त्यो भने हुन नसकेको नै हो । नेतृत्वको असफलताका कारण एकता प्रक्रियाले गति लिन नसकेको हो । पटक पटका कार्यदल बनाउने, समय लम्ब्याउने काममा पार्टीको शीर्ष नेतृत्व लागिरह्यो । विधि र प्रक्रिया भन्दा पनि आफ्ना मान्छेलाई नेतृत्वमा ल्याउने होडबाजीका कारण जिल्लाको अध्यक्ष र सचिव टुंगो लगाउन समस्या पर्दै आएको थियो ।
पछिल्ला दिनमा त माधव नेपालको हठका कारण पनि पार्टी एकताले सार्थकता पाउन सकेको छैन । जिल्ला नेतृत्वको टुंगो लागेको भएपनि जनवर्गीय संगठन तथा अन्य सहायक संगठन तथा अन्य संरचनात्मक संगठनमा एकता प्रक्रिया बाँकी नै छ । पार्टीको युवा, विद्यार्थी तथा अन्य जनवर्गीय संगठनकाृ एकता प्रक्रियालाई के कसरी टुंगो लगाउने भन्ने बारेमा समेत कुनै ठोस निर्णय हुन सकेको छैन । जनवर्गीय संगठनको एकता तथा कार्यकर्ताको व्यवसथ्पान कसरी गर्ने विषयमा स्पष्ट नीतिको अभावमा प्रक्रिया नै अगाडि बढ्न सकेको छैन ।
विशेष गरी पार्टी सचिवालय बैठकले तयार पार्ने कार्ययोजनामा समते नेताहरुबीच मतैक्य हुन सकेको छैन । त्यसमा निहु खोज्ने प्रवृत्ति समेत हावी भएको छ । नेकपा भित्र एकता प्रक्रिया भाड्न सक्रिय रहेका इश्वर पोखरेल प्रवृत्ति पनि जब्बर रहेको छ । त्यो प्रवृत्तिले कुनै पनि सकारात्मक कामको जश लिन त परै आजोस् त्यसलाई स्वीकार गर्ने चिन्तन समेत रहेको छैन । पोखरेल प्रवृत्तिले नेकपा अध्यक्ष प्रचण्ड विरुद्ध समेत विषवमन गरेर बस्ने गरेको छ । एकाध पत्रकार समेत पोखरेल प्रवृत्तिको शिखण्डी बन्दै हिडेका छन् ।
सो प्रवृत्तिलाई जनताको विश्वासका आधारमा अगाडि बढेको पार्टी एकता प्रक्रियलाई सार्थक बनाउनु पनि छैन बरु, थप समस्या निम्त्याउन नै उद्यत रहने गरेको छ । सत्ता र शक्तिलाई व्यक्तिगत फाइदाका लागि प्रयोग गरेको पोखरेलले हरेक स्थानमा आफ्ना साला साली भान्जा भान्जी तथा भतिजा भतिजीलाई मात्रै स्थान दिने गरेका छन् । पछिल्लो पटक उच्च अदालतमा नियुक्ति गरिएका पोखरेलको आफन्तको विषयमा त यस साप्ताहिकको अघिल्लो अंकमा नै चर्चा गरिसकिएको छ ।
सो त केन्द्रीय सदस्यलाई समेत जिल्लाको सचिव बनाएर मान मर्दन गरिएको गलत संस्कार समेत स्थापित रहेको छ । सोही आधारमा केही जिल्लाका सचिवले नै पद अस्वीकार गर्ने खतरा पनि रहेको छ । सानो छिद्रलाई ठूलो बनाउने प्रवृत्ति पनि प्रभावकारी रुपमा चलमलाएको छ । त्यो प्रवत्तिको नेतृत्व पार्टी भित्र विशेष गरी इश्वर पोखरेल प्रवृत्ति हावी रहेको हुछ । सामान्य शिष्टाचार समेत देखाउने सो प्रवृत्तिको कडा प्रतिवाद गर्नु जरुरी रहेको छ । पार्टी भित्रै फैलिइरहेको धमिरा प्रवृत्तिको समयमै जरो किलो उखेलेर फालीदिनु नै उत्तम हुने जानकारहरुको भनाइ छ । पोखरेल प्रवृत्ति शतप्रतिशत धमिरा प्रवृत्ति हो भन्नेमा कुनै दुविधा नभएको बताइन्छ ।
प्रतिक्रिया