काठमाडौं – भन्सार विभागले प्रत्येक महिना प्रकाशित गर्ने वैदेशिक व्यापारको तथ्यांक पछिल्ल केही महिनायता रोकिएको छ । त्यसको पछाडि अर्थमन्त्री डा. युवराज खतिवडा र उनका ज्वाई रामशशरण खरेलको प्रमुख हात रहेको पाइएको छ ।
यस्तै अर्थतन्त्रको डामाडोल अवस्थाको जानकारी सार्वजनिक हुन्छ भन्दै अर्थमन्त्रीले कुनै पनि सार्वजनिक जानकारी दिने प्रयास नै गरेन । विभागले आफ्नो वेबसाइटमार्फत प्रकाशित गर्ने यो तथ्यांक पुसयता प्रकाशित भएको छैन । जसका कारण कुन देशबाट के कति मात्रामा आयात भयो र कुन सामान विदेश निर्यात भयो भन्ने बारेमा कुनै पनि जानकारी नै प्राप्त हुन सकेको छैन ।
विभागले पछिल्लो पाँच वर्षको मासिक र त्यसअघिका पाँच वर्षको वार्षिक तथ्यांक सार्वजनिक गरेको छ । तर चालु आर्थिक वर्षको भने पहिलो ६ महिनापछिको तथ्यांक सार्वजनिक गरिएको छैन । अर्थ मन्त्रालयको निर्देशनमा तथ्यांक सार्वजनिक गर्ने काम हाललाई रोकिएको छ । लाजको पसारो रोक्नका लागि अर्थमन्त्री डा खतिवडा र उनका ज्वाई खरेलले विभागसम्बद्ध कुनै पनि जानकारी सार्वजनिक नगर्न र गरेको खण्डमा कडा कारवाही गर्ने जिम्मेवारी आफूसँग रहेको भन्दै उनीहरुले भन्सारका पदाधिकारीलाई समेत थर्काएको बताइन्छ ।
भन्सार विभाग, राष्ट्र बैंकलगायतका निकायले एउटै तथ्यांक फरकफरक समयमा सार्वजनिक गर्दा त्यसलाई विभिन्न दृष्टिकोणबाट विश्लेषण भएकाले राष्ट्र बैंकबाट मात्रै सार्वजनिक गर्ने अर्थ मन्त्रालयको योजनाअनुसार हामीले बेवसाइटमा राखेका छैनौँ,’ विभागका एक उच्च अधिकारीले भनेका छन् । अर्थ विभागले तयार गरेको तथ्यांक आफ्नो पूर्वस्वीकृति पछि मात्रै प्रकाशित गर्न विभागलाई अनावश्यक निर्देशन समेत दिइएको छ । विभागले मासिकरुपमा व्यापारको तथ्यांक तयार गर्दै मन्त्रालय पठाएको दुई महिना बितीसको छ । अहिलेसम्म मन्त्रालयले तथ्यांक सार्वजनिक गर्न स्वीकृति नदिएको विभागको गुनासो छ ।
माघ र फागुनको तथ्यांक हामीले यसअघि नै स्वीकृतिका लागि मन्त्रालय पठाएका छौँ, त्यसलाई प्रकाशन गर्न स्वीकृति प्राप्त भएको छैन,’ विभागका एक अधिकारीले भने, ’चैतको तथ्यांक अबको एक दुई दिनमा नै पठाउछौँ, मन्त्रालयबाट स्वीकृति पाए यो पनि सार्वजनिक गर्न हामीलाई धेरै समय लाग्दैन , तर अर्थमन्त्रीका सल्लाहकार नै कुनै पनि तथ्यांक सार्वजनिक नगर्न चेतावनी नै दिएको पाइएको छ । विधिबाट चल्ने निकायलाई असंवै धानिक व्यक्तिले थर्काएको विषय समेत मिल्दो रहेको छैन त ।
विभागले अर्थ मन्त्रालयका राजस्व सचिव लालशंकर घिमिरेलाई तथ्यांक पठाउने गरेको छ । तर घिमिरेले अहिलेसम्म कुनै पनि तथ्यांक वेबसाइटमा राख्न स्वीकृति दिएका छैनन् । तथ्यांक सार्वजनिक गर्न अर्थमन्त्री पनि सकारात्मक नभएको भन्सकारका कर्मचारीको समान बुझाई रहेको छ । विकास खर्च नभई फ्रिज हुने अवस्थामा पुगेको छ ।
भन्सार विभागका महानिर्देश रामेश्वर दंगालले भने भन्सार विभागले राजस्वको विवरण सार्वजनिक गर्ने र व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले व्यापारको तथ्यांक सार्वजनिक गर्ने सहमितअनुसार तथ्यांक सार्वजनिक नगरिएको बताएका छन् । केन्द्रले पनि हाम्रै तथ्यांकका आधारमा काम गर्ने हो, त्यसै भएकाले हामीले व्यापारको तथ्यांक सार्वजनिक नगर्न खोजेको उनको जिकिर छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले केही समयअघि संसदमा संबोधन गर्ने क्रममा प्रस्तुत गरेको तथ्यांकको विश्वसनीयतामाथि प्रश्न उठेपछि अर्थ मन्त्रालयले तथ्यांक सार्वजनिक गर्ने निकायका गतिविधिमाथि कडाई गर्न थालेको हो । डा खरेलले त भन्सारका पदाधिकारीलाई नै विभागिय कारवाही गर्ने भन्दै ज्यादती समेत गरेका छन् । उनले अर्थमन्त्रीलाई असफल देखाउनेहरु सँग उग्र रुपमा प्रस्तुत हुने गरेका छन् ।
मन्त्री डा. खरेल हुन् कि डा. खतिवडा हुन छुट्याउन नसकेर सेवाग्राही समेत हैरान भएका छन् । डा. खरेलले हुने नहुने काम मात्रै लगाउँदैनन् मन्त्रीको सल्लाहकारको नाममा उठती धन्दा समेत चलाउने गरेको पाइएको छ ।
प्रतिक्रिया