२०० महिला बेच्ने  वडाध्यक्ष फेरि पक्राउ

७ बर्ष अगाडि

काठमाडौँ- मानव बचेबिखन अभियोगमा नुवाकोट दुप्चेश्वर गाउँपालिका–१ का अध्यक्ष सुनबहादुर तामाङलाई सर्वोच्च अदालतले साधरण तारेखमा छाड्ने आदेश गरेको भोलिपल्टै प्रहरीले पक्राउ गरेको छ । तामाङलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)ले शुक्रबार साँझ डिल्ली बजार कारागार परिसरबाट पक्राउ गरेको नयाँ पत्रिकामा खबर छ  ।

सर्वोच्चको फैसलापछि उनी शुक्रबार मात्रै डिल्लीबजार कारागारबाट छुटेका थिए । प्रहरीका अनुसार जिल्ला अदालतले उनीविरुद्ध गरेको फैसला कार्यान्वयन बाँकी नै रहेकाले उनलाई पक्राउ गरिएको हो । उनीविरुद्ध नुवाकोट जिल्ला अदालतले मानव बेचबिखन अभियोगमा ३७ वर्ष ६ महिना कैद सजायसहित दुई लाख ५० हजार जरिवाना सुनाएको छ ।

सिआइबीका प्रवक्ता एसपी जीवन श्रेष्ठले अदालतको फैसला कार्यान्वयन हुन बाँकी नै रहेकाले उनलाई समातिएको बताए । उनले भने, ‘सुनबहादुर पक्राउ परेका छन् । उनीविरुद्ध अदालतले गरेको फैसाल कार्यन्वय हुन बाँकी नै छ । त्यही क्रममा उनलाई पक्राउ गरिएको हो ।’

७ बर्ष अगाडि

प्रतिक्रिया