इनारमा खसेको पाँच दिनपछि जीवितै उद्धार

७ बर्ष अगाडि

काठमाडौं–सर्लाहीको हरिवन नगरपालिकामा पाँच दिनदेखि इनारमा खसेका एक वृद्धको आज नेपाली सेनाले सकुशल उद्धार गरेको छ । हरिवन नगरपालिका–५ घुर्कौलीका ५५ वर्षीय सानुमान जिम्बालाई नेपाली सेनाको रणशेर गण पाँचकुमारीका जमदार हिमबहादुर तिवारी नेतृत्वको सैनिक टोलीले जीवितै उद्धार गरेको हो । 

गत वैशाख १२ गतेदेखि हराइरहेका जिम्बालाई आज ३० फिट गहिरो पानी सुकेको इनारमा स्थानीयवासी १३ वर्षीय विवश पाख्रिनले देखेपछि प्रहरीलाई खबर गरेका थिए । स्वास्थ्य अवस्था कमजोर रहेका जिम्बाको हरिवनस्थित नमूना अस्पतालमा उपचार भइरहेको छ ।  
यसैबीच मामाघर बिहेमा गएका सप्तरीको राजगढ गाउँपालिका–३ का १२ वर्षीय बालक बेपता भएका छन् ।
 

७ बर्ष अगाडि

प्रतिक्रिया