गुराँस लघुवित्तको आईपिओ खुल्यो

६ बर्ष अगाडि

काठमाडौँ – गुराँस लघुवित्तले आजबाट २ लाख ३३ हजार ६२५ कित्ता साधारण सेयर जारी गरेको छ ।

कुल निष्काशित २ लाख ५० हजार कित्ता सर्वसाधारण शेयर मध्ये ३ हजार ८७५ कित्ता कम्पनीका कर्मचारीका लागि र १२ हजार ५०० कित्ता सामुहिक लगानी कोषको लागि छुट्टाएर बाँकी रहेको २ लाख ३३ हजार ६२५ कित्ता शेयर सर्वसाधारणको लागि निष्काशनमा ल्याएको हो ।

कम्पनीको आईपिओमा न्युनतम १० कित्ता देखि अधिकतम ५०० कित्तासम्म आवेदन दिन सकिन्छ । कम्पनीको आईपिओमा मेरो शेयर तथा सि आश्वा प्रणाली मार्फत छिटोमा बैशाख २० गते र ढिलोमा जेठ १४ गते सम्म आवेदन दिन सकिनेछ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईपिएल एस क्यापिटल रहेको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया