जनता निराश हैन खुसी छन् : सुवास नेम्वाङ

७ बर्ष अगाडि

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी नेकपाका उप नेता सुवास नेम्वाङले जनता निराश नभएको बताएका छन् 

संघीय संसद (प्रतिनिधिसभा) को बर्खे अधिवेशनको पहिलो बैठकमा बोल्दै नेम्वाङले भने,जनता निराश हैन,जनता खुसी छन् उत्साहित छन् ।

नेम्वाङले देशको विकासका लागि सत्ता पक्ष र प्रतिपक्ष एक ठाउँमा उभिनुपर्ने बताए । ‘‘हामी सबै मिलेर देशको विकास गर्नुको विकल्प छैन्, आग्रह पूर्वाग्रह छाडेर देश बनाउने भूमिका हामी सबैले निभाऔं,’’ उनले भने । नेता नेम्वाङले जनतालाई साकारात्मक परिणाम देखाउने गरी सबै दल एक ठाउँमा उभिनुपर्नेमा जोड दिए । 

‘‘जनतालाई साकारात्मक परिणाम देखाउने गरी एक ठाउँमा उभिनुपर्छ,’’ उनले भने, ‘‘निरंकुशताविरुद्ध लडेका दलहरु एक ठाउँमा उभिनुको विकल्प छैन ।’’

७ बर्ष अगाडि

प्रतिक्रिया