मुख्यमन्त्री पोखरेल सहभागी कार्यक्रमस्थल नजिकै बम विस्फोट

७ बर्ष अगाडि

रोल्पा – प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेल सहभागी कार्यक्रमस्थल नजिकै बम विस्फोट भएको छ । 

विप्लव प्रभावित जिल्ला रोल्पा सदरमुकाम लिवाङ नजिकै बम विस्फोट भएको हो । मुख्यमन्त्री नेकपाको लिवाङ कार्यक्रममा सहभागी थिए । 

रोल्पामा जनप्रतिनिधि प्रशिक्षण कार्यक्रममा सहभागी हुन लिवाङ पुगेका मुख्यमन्त्री शंकर पोखरेललाई तर्साउने उद्देश्यले कार्यक्रमस्थलबाट करीब ५ किलोमिटर पर अज्ञात समूहले बम विस्फोट गराएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार लिवाङस्थित नेपाल उद्योग वाणिज्य संघको सभाहलमा कार्यक्रम सुरु भएको ५ मिनेटपछि विस्फोटको आवाज आएको थियो । 

कार्यक्रमस्थलसम्म विस्फोटको आवाज आएको थियो ।

७ बर्ष अगाडि

प्रतिक्रिया