बोइङ ७३७ को समस्या अमेरिकाले १ वर्षअघि नै थाहा पाएको थियो

७ बर्ष अगाडि

काठमाडौँ – बोइङ ७३७ म्याक्स जहाजमा देखिएको समस्या अमेरिकाले १ वर्षअघि नै थाहा पाएको खुलासा भएको छ । 
 
विमानको उक्त समस्याबारे अमेरिकी वायु नियामकका केही अधिकारी एक वर्ष अघिनै जानकार रहेको कुरा बाहिर आएको हो । स्रोतले पुष्टि भएको यो समाचार ‘द वाल स्ट्रिट जर्नल’मा प्रकाशित छ । 
अघिल्लो वर्ष अक्टोबरमा इण्डोनेसियामा भएको लायन एअरको विमान दुर्घटना र यही वर्षको मार्चमा इथियोपिया एयरलाईनको विमान दुर्घटनाको कारणमा अनुसन्धानदाताले बोइंग ७३७ म्याक्सले जहाजको ‘एन्टी–स्टल’ प्रणालीलाई जिम्मेबार देखाएका छन् । 

एक स्रोतका अनुसार अघिल्लो वर्षनै अमेरिकाको ‘फेडरल एभियसन एडमिनिस्ट्रेसन’ले विमानको उक्त प्रणालीमा खराबी रहेको पहिचान गरेको थियो । सो संस्थाका अनुगमनकर्ताले उक्त प्रणालीको संकेत ककपिटमा रहेका क्रु सदस्यलाई सही कुरा बताउन असफल भएको पाएका थिए । 

ती जाँचकर्ताले साउथ–वेस्ट एयरलाइन्सका बोइङ ७३७ म्याक्सको अनुसन्धान गरेका थिए । सो एयरलाइन्स बोइंग म्याक्स जहाजको सबैभन्दा ठूलो खरिदकर्ता हो । एयरलाइन्ससँग बोइङका ३४ विमान छन् । 
१८९ यात्रुको मृत्यु भएको लायन्स इयरको दुर्घटना अघि उक्त अनुगमन भएको थियो । अनुगमनमा उक्त सिग्नल ‘सबै म्याक्स विमानमा काम गरेको जस्तो देखिएको’ थियो । यहाँसम्म कि कक–पिटमा रहेकाले स्वीच–अफ गर्दा समेत सिंग्नल देखिएको साउथ–वेस्टकी प्रवक्ताले बताइन् ।  

ति प्रवक्ताका अनुसार दुर्घटनापछि बोइङले साउथ–वेस्टलाई सम्पर्क गरेर सिंग्नल ‘टर्न अननै गर्दाबाहेक बन्द रहने’ भएपछि सबै विमानमा सिग्नल सधैं खुल्ला देखिने व्यवस्था गरिएको बताएको थियो । 
त्यसपछि बोइङले कमसल खालको सतर्कता प्रणाली बनाउने निर्णय गरेको अनुगमनकर्ताले थाहा पाए । तर कम्पनीले सो कुराको जानकारी साउथ–वेस्ट एयरलाई थाहा नदिई गरेका थिए । 

यो जानकारी पाएपछि अनुगमनकर्ताले ती विमान उडाउन अयोग्य सिफारिस गर्ने सोचेको तर सँगसँगै पाइटललाई विमानको अलर्ट प्रणालीबारे अतिरिक्त तालिम दिदाँ पनि प्रयाप्त हुन्छ कि भन्ने विकल्पमा पनि सोचेको बताए । 

तिनले दोस्रो विकल्प उपयुक्त नभएको निर्णय गरे तर तिनले आफ्नो खोजलाई एफएएका माथिल्ला अधिकारीकहाँ पु¥याएनन् ।

७ बर्ष अगाडि

प्रतिक्रिया