सप्तरी – सप्तरीको सुरूङ्गा नगरपालिका वडा नं.५ का वडाअध्यक्ष सिल्टु मियाँलाई घुससहित अख्तियारले रंगेहात पक्राउ गरेको छ ।
जग्गा मोही छुटाउन सिफारिस गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवम् उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिइ गएको टोलीले मियाँलाई पक्राउ गरेको हो ।
वडाअध्यक्ष मियाँलाई सेवाग्राहीसँग (पच्चीस हजार) घुस वापतको रकम लिइसकेको अवस्थामा निजले सोही वार्डमा सञ्चालन गरेको काठ मिलबाट नियन्त्रणमा लिइएको हो ।
उनलाई नियन्त्रणमा लिइएको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया