सी चिनफिङ र विद्यादेवी भण्डारीबिच दुईपक्षीय भेटवार्ता हुने

७ बर्ष अगाडि

बेइजिङ – राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गर्ने भएकी छिन् । 

केही बेरमा चिनियाँ राष्ट्रपति सी चिनफिङसँग उनको दुईपक्षीय भेटवार्ता हुने परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले बताए । यसअघि भण्डारीको  सम्मानार्थ सलामी हुनेछ । भेटवार्तामा सात बुदे सहमति हुने बताइएको छ  । 

त्यहाँ पारवहन तथा यातायात सम्बन्धी प्रोटोकलमा हस्ताक्षर हुने परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले बताइसकेका छन । त्यसबाहेक सूचना आदनप्रदान, सम्पादाको चोरी निकासी नियन्त्रणमा सहकार्य, नापतौत तथा गुणस्तार, भन्सार व्यवस्थालगायतका विषय छलफल हुने उनले बताएका थिए ।  

यी सँगै चीनले आफ्ना सीमा जोडिएका जिल्लाहरुका जनताको जीवनस्तर उकास्ने विषयमासमेत चासो राखेर त्यसमा सहयोग गर्ने विषय उल्लेख रहेको दूतावासले जनाएको छ ।

७ बर्ष अगाडि

प्रतिक्रिया