‘एग्जिट भिसा’ हटाउदै कतार

७ बर्ष अगाडि

काठमाडौं – कतारले त्यहाँ काम गर्ने विदेशी कामदारका लागि ‘एग्जिट भिसा’को विवादास्पद प्रवाधानलाई हटाउने तयारी गरिरहेको छ । कतार जाने कामदारहरूलाई त्यहाँबाट निस्कनका लागि ‘एग्जिट भिसा’को प्रावधान राखिएको छ । 

त्यो प्रावधानलाई यो वर्षको अन्त्यसम्म हटाउने जानकारी संयुक्त राष्ट्रसंघको श्रमसम्बन्धी नियोग अन्तर्राष्ट्रिय श्रम संगठनलाई कतारले दिएको छ । आइएलओले जनाएअनुसार कतारले आफ्नो श्रमसम्बन्धी कानुनमा धेरै सुधार गर्न लगाएको हो । 

सन् २०२२ मा कतारले विश्वकपको आयोजना गर्न लागेको छ । त्यसका लागि त्यहाँ ठूला भौतिक निर्माण कार्यहरू सञ्चालनमा छ । त्यहाँ विदेशी कामदारहरूको संख्या पनि ठूलो रहेको छ । गत वर्ष धेरै कामदारका लागि एग्जिट भिसाको प्रावधानलाई समाप्त पारिएको थियो । 

दोहास्थित आइएलओका प्रमुख हउतान होमायुनपोरलेले भने, “यो वर्ष सबै किसिमका कामदारहरूमा लागू हुने गरी एग्जिट भिसाको यो प्रावधान खारेज गर्ने कार्यको विस्तार गरिने छ ।” 

सन् २०१८मा कतारले विदेशी कामदारलाई देशबाहिर जानका लागि तिनका मालिकबाट देश छोडन पाउने अनुमति पत्रको आवश्यकता रहने प्रावधानलाई हटाउन कानुन पारित गरेको थियो । गतवर्ष सेप्टेम्बरमा पारित गरेको यो कानुनले त्यहाँ काम गर्न जाने कामदारहरूलाई त्यहाँबाट बाहिर जान पाउन यो परिवन्दबाट मुक्त गरेको छ । 

७ बर्ष अगाडि

प्रतिक्रिया