बिजु बज्रको निधनले गुल्मीको वामीटक्सारामा सन्नाटा छायो

७ बर्ष अगाडि

गुल्मी – आईतवार काठमाण्डौंमा हृदयघात भई निधन भएका चर्चित संगितकार बिजु बज्रको घर गुल्मीको वामीटक्सारा बजारमा यति बेला सन्नाटा छाएको छ । संगितकार  बिजुले हिजो मात्र वामीटक्सार स्थित कान्छा भाई निरन बज्रचार्यलाई फोन गरेर कुराकानी गरेका थिए ।

‘त्यही कुराकानी नै अन्तिम भयो, भाई निरजले भने–‘ मुसिकोट नगरपालिको क्यालेन्डर निकाल्न लागेको छु , यी यी  फोटाहरु पठाई देउन भाई  भन्दै हुनुहुन्थ्यो । ’ यस सम्वन्धमा मुसिकोट नगरपालिका प्रमुख सोमनाथ सापकोटा संग बुझ्दा विजुले क्यालेन्डर नभई मुसिकोट नगरपालिकाकै डकुमेन्ट्री बनाउने तयारी गर्दै थिएर छुट फोटाहरु भाई संग मगाएका थिएँ ।

नगरप्रमुख सापकोटा स्मरण गर्दै भने –‘ १५ ÷१६ दिन अघि उहाँ संग मेरो फोनमा कुराकानी भएको थियो  । उहाँ भन्दै हुनुहुन्थ्यो डकुमेन्ट्री बनाउनेमा मेरो कुनै स्वार्थ छैन दाई , आफु जन्मे–हुर्केको ठाउँको  एउटा चिनो बनाउे भन्ने  ईच्छा छ । ’ उनले थपे – दुभाग्य उहाँको त्यो ईच्छा   अधुरै रह्यो ।’

नेपाली कांग्रेस नेता चन्द्र भण्डारीले अँस्ती मात्र विजु संग भेटघाट भएको स्मरण गर्दै भने–‘ कहिल्लै विर्सन नसक्ने एउटा राष्ट्रिय स्तरको चर्चित संगितकार गुमाएका छौं  हामीले ,।  जसले संगित दिएका  १४ सय भन्दा बढि गीतहरु  सबै सदावाहर र कर्णप्रिय छन  । ’

उनले पढेको विद्यालय वामीटक्सारस्थित महेन्द्र आदर्श माध्यामिक विद्यालयका तत्कालिन प्रधानयापक हिरामणी अर्याल भन्छन–‘ विजुलाई मैले कक्षा १० सम्म पढाएको हुँ , उनकी श्रीमतिले पनि यसै स्कुलमा संगै पढेर पछि प्रेम विवाह गरेका हुन । गीत संगितमा सानै देखि उज्वल भविश्य बोकेका विद्यार्थी थिए । स्कुलका कार्यक्रमहरुमा गीत गाउन र बजाउनमा उनलाई कसैले सक्दैन्थे , त्यति वेला पनि होनाहार विद्यार्थी थिए र पछि झन राष्ट्र कै होनाहार संगितकार बनेर उदाए , जो अहिले भौतिकरुपमा  अस्ताए पनि उनका कृति सदैव उदाई रहने छन । ’

म बिल्कुल फ्रेस भएको छु

केहि दिन अघि मात्र  अस्पतालबाट फर्केर नेपाल टेलिभिजनको ‘टि–टाईम’ कार्यक्रममा शोभा त्रिपाठी संग अन्तरवार्ता दिएका थिए विजुले  । शोभा त्रिपाठीको चुलबुले सोधाईमा उनले सबै भन्दा पहिला आफु अस्पतालको उपचर पछि आफ्नो मुटु सम्वन्धि विमार निको भएको र आफु विल्कुल फ्रेस भएको र अब छिट्टै काममा फर्किने  अरु संगितकार, गीतकार  , गायक र श्रोता, दर्शकलाई जानकारी गराउन चाहन्छु भनेका थिए ।

ह्दयघात हुने जो कोहीलाई एक घण्टा भित्र अस्पताल पुराउनु पर्ने सुझाव दिदै उनले यस अघि आफुलाई हृदयघात हुँदा श्रीमति कोपीलाले आध घण्टा भित्र गंगलाल अस्पतालमा पुराएर बचाएको प्रति र त्यस अस्पतालका डाक्टर र अन्य स्वास्थ्कर्मी आफ्ना खास भगवन भएको भन्दै कृतज्ञता प्रकट गरेका थिए ।

संगितकार बज्रले पछिल्लो चरण १९÷२० दिन आफु गंगलालमा उपचार  गरेर फर्किएको र प्राकृतिक थरोपी समेत गराएको बताएका थिए । उनले मादक पदार्थ ह्ददय घातको प्रमुख कारक भएको भन्दै त्यसबाट बच्न समेत अरुलाई सजग गराएका थिए ।

तपाईको पनि कारण त्यही थियो ? भनेर त्रिपाठीले प्रश्न गर्दा उनले भनेका थिए , प्रमुख कारण रहेछ हामी संगितकारहरु राती दुई बजे सम्म काम गरेर फेरी विहानै ६ बजे काममा लाग्नु पर्ने भएकोले निद्राका लागि पिउनु परेको स्वीकार गरेका थिए ।

उनले त्यस कार्यक्रममा  सुगम पोखरेल र नलिना चित्रकारले गाउने गीतमा संगित भर्न थालेको र दुई तीन वटा चलचित्रमापनि संगित दिने कुराकानी चलेको बताएका थिए ।  उनले उपचारका लागि आफुलाई सहयोग गर्ने सर्वसारण देखि नेपाल सरकारले गरेको  सहयोग प्रति पनि आभार प्रकट गरेका थिए ।

उनी गत ६ महिना अघि देखि मुटु रोगको उपचार्थ आर्थिक संकटमा परेका थिए । उनाको  जिवन रक्षार्थ गुल्मी जिल्ला युके समाज देखि देश विदेशका थुप्रै ब्यक्ति र संघ संस्थाहरुले सहयोग रकम  संकलन अभियान चलाएका थिए ।

कार्यक्रम सञ्चालिका  शोभा त्रिपाठीले  नेपाली सांगीतिक क्षेत्रका मानिसहरु विरामी पर्दा यस्तो अवस्था छ , तपाईले जस्तै नेपाली सांगीतिक क्षेत्रका अरु मानिसहरुले भोग्न नपरोस भन्नका लागि अब के गर्दै हुनुहुन्छ?  भन्ने प्रश्नमा उनले आफु त्यसैका लागि अगाडी बढि रहेको बताएका थिए  ।

अन्य मुलुकमा युट्युव मार्फत संगित क्षेत्रका कलाकारहरु कोही अरवपति कोही कारोडपति भए भन्ने सुनिन्छ नेपालमा चाँही त्यस्तो किन हुन नसके होला भन्ने त्रिपाठीको प्रश्नमा उनले आफुहरु स्वयमले पनि पहल गर्न नसकेको प्रतिकृया दिएका थिए ।

हामीले रोयल्टीका लागि पहल ग¥यौ र भयो पनि आखिर पहल गरे हुने नै रहछ अब हामी थप कुराहरुमा पनि पहल गर्ने छौं ’– उनको यस्तो जवाफ थियो । तपाई आफैले पनि गीतहरु गाउनु भएको छ सुनाउनु न भन्ने  भन्ने प्रश्नमा उनले भनेका थिए–‘ मैले पछिल्लो चरण निकालेको गीत अलि भद्ध टाईपको छ, त्यसको टेप नै उपल्ब्ध गराउँला , बरु मेरो सेन्टीमेन्ट स्वर्गिय फत्तेमान दाई संग मिल्छ उहाँले गाएको यो गीत गाउँ है भन्दै –‘छरिपरी रह्यो यो मन थामीदैन आँशु.... किन भन्छु निर्मोहीलाई मनमनै मेरी मायालु...’– यस्तो गीत गाएका थिए ।

उनले  सांगीतिक क्षेत्रमा आफ्नो उत्तराधिकारी आफ्नै छोरा गोपी बज्रलाई बनाई सकेको बताउँदै भनेका थिए अब मेरो छोरा पनि संगितकार भई सकेको छ । अब उसले पनि गर्छ ।’ उनका कान्छा भाई निरनका अनुसार विजुले पहिलो गीत आफ्नै काईला भाई पुरन बज्रचार्यले गाएको ‘ मैले सकिन ’ एलवममा संगित भरेका थिए । उनले भने–‘ खै मले भुँले साल थाह भएन , त्यो नै उहाँले संगित भरेको पहिलो गीत भएको मेरो जानकारीमा छ । ‘यो नानीको शिरैमा ईन्द्रकमल फुलफुल्यो महँङ्ग महँङ्ग चल्यो वासना.. ’ यो पुरानो गीतको रिमिक्स पनि विजुले नै गरेको भाईले बताए ।

प्रत्येक विद्यालयका छात्राहरु नाच्ने क्रममा रोजाईमा पर्ने ‘ मै ठुली भई छु रे’ बोलको गीत जस्ता कैयौं लोकप्रिय गीतमा संगित दिएका बिजु सन–२०१२ सालममा वेष्टम्युजिसियन अफ ईअरको अवार्डबाट सम्मानित भएको र त्यस अघि र पछि पनि थुप्रै पटक सम्मानित भएको भाई निरन बताउँ छन ।

२०२८ सालमा वामीटक्सारमा जन्मेका विजुले । २०३९ सालमा रेडियो नेपालमा स्वर परिक्षा पास गरेका थिए । उनकी श्रीमति र दुई सन्तान काठमाण्डौको ववरमहलमा डेरा गरि बस्दै आएका थिए ।

७ बर्ष अगाडि

प्रतिक्रिया