अदालतको आदेश नै विकासको बाधक : प्रधानमन्त्री ओली

७ बर्ष अगाडि

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतको स्थगन आदेशले विकास निर्माणको कामलाई अवरुद्ध पारिरहेको बताएका छन् । 

प्रधानमन्त्री ओलीले अदालतमा मुद्धा परेपछि स्थगन आदेश दिँदा विकास आयोजनाको जनशक्ति र निर्माण यन्त्रहरुमा पर्न गएको लगानीले राज्यलाई गम्भिर क्षति भईरहेको पनि स्पष्ट पारे ।

आईतबार सिंहदरबारमा राष्ट्रिय योजना आयोगको पूर्ण बैठकको अध्यक्षता गर्दै प्रधानमन्त्री ओलीले मुलुक नयाँ प्रणालीमा गएकाले पनि विकास निर्माणको कामले अपेक्षा गरे अनुसार गति लिन नसकेको पनि दोहो¥याएका हुन् ।

प्रधानमन्त्री ओलीले विकास, निर्माणको कामलाई तीव्रता दिन आवश्यक कानुनहरुको संशोधन गर्नुपर्ने पनि बताए । उनले विकास, निर्माणको कामलाई गति दिन पूराना संरचनाहरुमा सुधार गर्न जरुरी रहेको पनि बताएका छन् ।

७ बर्ष अगाडि

प्रतिक्रिया