सातै प्रदेशका मुख्यमन्त्रीलाई प्रधानमन्त्रीले दिए यस्तो निर्देशन

७ बर्ष अगाडि

काठमाडौँ – प्रधानमन्त्री कार्यालयमा भएको अन्तरपरिषद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो आर्थिक वर्षको बजेट पपुलिष्ट नबनाउन मुख्यमन्त्रीहरूलाई निर्देशन दिएका छन् ।

शुक्रबार प्रधानमन्त्री कार्यालयमा भएको अन्तरपरिषद बैठकमा प्रधानमन्त्री ओलीले दोहोरिने र पपुलिष्ट खालको बजेट नल्याउन भनेका हुन् ।

‘जस्तो सुत्केरी भत्ता स्थानीय तहले दिन्छ भने प्रदेशले पनि त्यही कार्यक्रम ल्याउनु भएन,’ प्रधानमन्त्री ओलीलाई उद्धृत गर्दै उनका प्रेस सल्लाहकार कुन्दन अर्याले भने, ‘बजेटमा डुब्लिकेशन नहोस् । बजेट पपुलिष्ट बनाउने काम पनि नगर्नुहोला ।’

आउँदो वर्षलाई विकासको वर्ष बनाउनुपर्ने भन्दै उनले त्यसमा लाग्न मुख्यमन्त्रीहरूलाई बताए । प्रधानमन्त्री ओलीले यो वर्ष सामाजिक विकासका कुरामा समेत ध्यान दिन मुख्यमन्त्रीहरूको ध्यानाकर्षण गरेको अर्यालले जानकारी दिए ।

७ बर्ष अगाडि

प्रतिक्रिया