कर तिर्न अटेर गर्दे १२४ व्यवसायिक संस्था र फर्म, कारोबार नै रोक्का गर्ने राजश्व कार्यालयको चेतावनी

७ बर्ष अगाडि

काठमाडौँ – आन्तरिक राजश्व कार्यालयले बक्यौता कर उठाउन सक्रियता देखाएको छ । यसैक्रममा मूल्य अभिवृद्धि कर(भ्याट) र आयकर रकम बक्यौता नतिर्ने १२४ व्यवसायिक संस्था र फर्महरुलाई कर तिर्न ताकेता गरेको हो ।

आन्तरिक राजश्व कार्यालय टंगाल(लाजिम्पाट) काठमाडौँले ३५ वटा र बत्तिसपुतली काठमाडौँले ८९ वटा व्यवसायिक संस्था र फर्महरुलाई कर तिर्न ताकेता गरेको छ । विभिन्न मितिमा बक्यौता बुझाउन फोन सम्पर्क, पत्राचार र संकलन भ्रमण समेत गरी बक्यौता रकम दाखिल गर्न भनिएकोमा हालसम्म पनि नबुझाएको राजश्व कार्यालयले जनाएको छ ।

१२४ व्यवसायिक संस्था र फर्मलाई १५ दिन भित्र बक्यौता रकम बुझाउन वा बुझाएको भए प्रमाण पेश गर्न अनुरोध गरिएको छ ।

यो अवधि भित्र बक्यौता नबुझाएमा आयकर ऐन २०५८ र मूल्य अभिबृद्धि कर ऐन २०५२ को दफा २१ तथा नियमावली २०५३ को नियम ५२ र ५३ र मूल्य अभिबृद्धि कर ऐन २०५२ बमोजिम करदाता एवम् सम्बन्धित प्रोप्राइटररसञ्चालकको व्यवसायिक कारोबार रोक्का, बैंक खाता रोक्का र घरजग्गा रोक्का लगायतका कारवाही गरी बक्यौता असुल गरिने कार्यालयले जनाएको छ ।

बक्यौता रकम नतिर्नेहरुको सूचिः

 

७ बर्ष अगाडि

प्रतिक्रिया