निर्धन उत्थानको नाफा कति प्रतिशतले बढ्यो, यस्तो छ हिसाब

७ बर्ष अगाडि

काठमाडौं –  निर्धन उत्थानले गत वर्षको तुलनामा ३२ प्रतिशतले नाफा बृद्धि गरेको छ ।

संस्थाले चैत्र मसान्तसम्ममा रु ५२ करोड ७५ लाख नाफा आर्जन गरेको छ । खुद व्याज आम्दानी भने २२ प्रतिशतले सुधार गर्दै रु एक अर्ब १५ करोड आर्जन गरेको छ । गत वर्ष यस्तो आम्दानी रु ९४ करोड ६५ लाख थियो।

संस्थाले १५ प्रतिशत बरोइङ र ३० प्रतिशत निक्षेप संकलनमा बृद्धि गरेको छ । कर्जा लगानी भने २५ प्रतिशलते सुधार भएको छ । संस्थाले चैत्रसम्ममा रु १० अर्ब २७ करोड रुपैयाँ निक्षेप संकलन  रु  ७ अर्ब २६ करोड रुपैयाँ बरोइङ गर्दै रु १८ अर्ब ५५ करोड कर्जा लगानी गरेको छ।

संस्थाको चुक्ता पूँजी रु एक अर्ब २० करोड रहेको छ भने जगेडा कोषमा रु एक अर्ब ३८ करोड जम्मा गरेको छ । प्रतिशेयर आम्दानी रु ५ ले सुधार भएर रु ५८ पुगेको छ । 

७ बर्ष अगाडि

प्रतिक्रिया