सुधिर बस्नेतको ठगीमा परेका पीडितले पाउलान् न्याय ?

७ बर्ष अगाडि

काठमाडौं – समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ओरियन्टल को अपरेटिभका पीडित निक्षेकपर्तालाई छलफलका लागि बोलाएको छ ।

पछिल्लो समयमा सर्वोच्च अदालतले सो सहकारीका सञ्चालक सुधिर बस्नेतको पक्षमा फैसला गरिदिएपछि समस्याग्रस्त सहकारी व्यवस्थापन समिति समस्यामा परेको थियो ।

समितिले अदालतको फैसला विरुद्ध सर्वोच्चमा पुनरावेदन गरेको छ । तर सर्वोच्चले ओरियन्टलका प्रमुख लगानीकर्तालाई एक पटक दिएको फैसलालाई उल्ट्याएर अर्को निर्णय गर्ला वा नगर्ला त्यो भने अहिल्यै केही भन्न सकिने अवस्था छैन ।

तर समितिले यही वैशाख १७ गते समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालय  अनामनगरमा उपस्थितीका लागि आग्रह गरेको छ ।

समितिले आज एक सूचना प्रकाशित गरी पीडित निक्षेपकर्तालाई बोलाएको हो । समितिको तर्फबाट भन्दा पनि पीडितको तर्फबाट समितिसँग छलफल गर्न लागिएको सूचनाको आशय देखिन्छ ।

समिति र बस्नेतको द्वन्द्वको मारमा निक्षेकपार्त परेका छन् । यस्तो अवस्थामा मंगलबार आयोजना हुने छलफलले के कस्तो निर्णय गर्ला भने प्रतिक्षाको विषय बनेको छ । 

७ बर्ष अगाडि

प्रतिक्रिया