नेपाली बाल प्रतिभा आयुष केसीको भारतमा चर्चा

६ बर्ष अगाडि

काठमाडौँ – भारतको प्रतिष्ठित टेलिविज़न च्यानल जीटीभिको बाल रियालिटि शो सारेगमा लिटिल च्याम्प्समा को सन् २०१९को संस्करणमा सहभागि नेपाली बाल प्रतिभा आयुष केसीको शनिवार र आइतबार प्रसारण हुने प्रस्तुतिलाई कार्यक्रमका जज र जुरीहरूले अत्यन्त मन पराएका छन ।

यस एपिसोडमा अतिथि जज भएर आएकी नेहा भासिनले आयुषको प्रस्तुतिलाइ मुक्त कण्ठले प्रशंशा गर्दै यौ अद्भुतप्रस्तुति भएको बताएको प्रोमो जी टिभी ले रिलिज गरेको प्रोमोमा देखाइएको छ। यस कार्यक्रममा उनि टप १० को लागि भिड्दैछन। 

नेपालमै २ बर्ष अगाडि कान्तिपुर टेलिभिजनबाट प्रशारण भएको पहिलो राष्ट्रव्यापी बालगायन रियालिटी कार्यक्रम सुरशाला जुनियर आइडल पहिलो संस्करणमा प्रथम भएका सिन्धुपाल्चोक घर भई हाल भक्तपुरको मोर्डन बोर्डिङ्ग स्कुलमा अध्ययनरत वर्ष १२ का आयुष केसि सानैबाट संगीतमा रुचि राख्ने गरेको हाल भारतको मुम्बइमा रहेको उनका बुवा रामकृष्ण केसीले  बताए। उनले संगीत सिक्न थालेको ५ वर्ष भयो। आयुषलाई हाल सुरशाला म्यूजिक एकेडेमीमा गायक तथा संगीतकार अमृत क्षेत्रीले संगीत सिकाइ रहेका छन।  

आयुष घरका कान्छा छोरा हुन्।  अहिले उनी भक्तपुरको मोर्डन स्कूलमा कक्षा ७ मा पढ्दैछन्। बाबा टुुर गाइड हुन् भने आमा( गृहणी। मध्यम किसिमको उनको परिवारमा आयुषको संगीतप्रतिको मोहलाई पूरा गर्न परिवारले सक्दो सहयोग गर्‍यो। जुनियर आइडल भएपछि उनले गीत पनि रेकर्ड गराईसकेका छन्।

यस रियालिटी कार्यक्रममा इटहरीका अर्का नेपाली बालप्रतिभा प्रितम आचार्य पनि सँगै छन। उनि त्यहाको विश्व आदर्श स्कूलमा अध्ययनरत छन्। यो यात्रामा पुग्नु अघि आयुष केसी र प्रीतम आचार्यले  धेरै चरण पार गरेका हुन। सारेगमपाले पहिलो चरणमा सुरशाला म्यूजिक एकेडेमी मार्फत भिडियोबाट अडिसन लिएको थियो। सुरशाला म्यूजिक एकेडेमीका कार्यकारी अध्यक्ष तथा गायक अमृत क्षेत्रीका अनुसार ३ वटा भिडियो पठाइसकेपछि उनीहरुलाई सिधै ‘लेभल टू’ को लागि दिल्ली बोलाइएको थियो।

दिल्लीमा अडिसन दिन आयुष र प्रितम सँगै अरु ८ जना नेपाली बालबालिका पनि गएका थिए। ‘लेभल टु’मा सेलेक्ट भएका आयुष र प्रितम स्टुडियो राउण्डको लागि मुम्बई गए। त्यसपछि ‘कलिङ्ग राउण्ड’ अनि ‘मेगा अडिसन’राउन्ड हुदै उनिहरू टप ११ मा पर्न सफल भएका हुन। अहिले दुवै जना टप १० को भिड़न्तमा छन। भारतभरका २०००० भन्दा बढि बाल प्रतिभाहरूलाई उछिन्दै उनिहरू यस चरणमा पुगेका हुन्।

६ बर्ष अगाडि

प्रतिक्रिया