काठमाडौँ – गैर आवसीय नेपाली संघ (एनआरएनए) यूएईका अध्यक्ष रमेश श्रेष्ठलाई प्रहरीले दुबईबाट पक्राउ गरेको छ ।
शुक्रबार दुबईमा आयोजित धुर्मुश सुन्तली साँझ २०७६ कार्यक्रम स्थलबाटै प्रहरीले श्रेष्ठलाई पक्राउ गरिएको हो ।
चितवन समाज युएईको संयोजनमा युएईमा विभिन्न संघ संस्थाद्वारा आयोजित कार्यक्रमको अतिथिको रुपमा उपस्थित रहेका श्रेष्ठलाई सेक्युरेटीले बाहिर बोलाएर प्रहरीको प्रहरीको जिम्मा लगाएका थिए।
कार्यक्रम आयोजक संस्था चितवन समाज यूएईका अध्यक्ष पर्शुराम घिमिरेले श्रेष्ठ पक्राउ परेको बारे आज विहान मात्रै जानकारी पाएको बताए।
श्रेष्ठ पक्राउ परे लगतै शंकर श्रेष्ठले रमेश श्रेष्ठविरुद्ध आफूले उजुरी दिएको फोन मार्फत बँताएका छन्। ब्यावसायीक लेनदेनमा आफूले पाउनुपर्ने रकम नपाएपछि रमेश श्रेष्ठविरुद्ध स्थानीय प्रशान मार्फत अदालतमा मुद्दा दायर गरेको बँताए। आफूले पाउनु पर्ने ६० हजार दिर्हाम नदिएकाले रमेश विरुद्द उजुरी दिएको शंकरको भनाइ छ ।
व्यवसायिक साझेदारी गरिरहेका शंकर र रमेश श्रेष्ठबीच लामो समयदेखि लेनदेन विषयमा विवाद थियो । युएईमा रहेर ब्यबसाय गर्दै आएका एनआरएनए, एनसीसी (एनआरएनए) युएईका अध्यक्ष रमेश श्रेष्ठले आफ्नै ‘जिसिडी ह्युमन रिसोर्स एन्ड म्यानेजमेन्ट कन्सल्टेसीका प्रबन्धक निर्देशक हुन्।
दुबै जनाले यूएईमा म्यानपावर व्यवसाय सञ्चालन गर्दै आएका छन् ।
प्रतिक्रिया