झाडापखालाबाट बालकको मृत्यु

७ बर्ष अगाडि

गुल्मी – गुल्मीको मुसिकोट नगरपालीका ४ दजाकोटमा दुसित पानीका कारण गएको आईतबारदेखी फैलिएको झाडापखालाबाट एक बालकको ज्यान गएको छ । 

ज्यान जानेमा स्थानिय पशुपती  निम्न  माध्यमिक बिधालयमा कक्षा ६ मा अध्यनरत १२ बर्षिय रेशम सिंजाली रहेको प्रहरीले जनाएको छ । झाडापखाला बाट मृतकको हजुर आमा र आमा पनि बिरामी परेका छन् । 

उनीहरुको अहिले गुल्मी तम्भासमा उपचार भैरहेको छ । दजाकोट गाँउमा झाडापखालाको प्रकोपबाट आईतबार बिहान सम्म बिरामी हुनेको संख्या १ सय ८५ भन्दा माथी पुगेको प्रभाबित क्षेत्रमा शिबिरमा उपचारमा संलग्न मुसिकोट नगरपालीकाका स्वास्थ्य संयोजक ढाल बहादुर जिसिले बताए । झाडापखाला नियन्त्रण भन्दा बाहिर रहेको छ भने बिरामीको सख्या अझ बढ्ने अनुमान गरिएको छ ।

७ बर्ष अगाडि

प्रतिक्रिया