खर्चअनुसार काम नभएपछि विभागीय कारबाही

७ बर्ष अगाडि

काठमाडौं - नेपाली सेनाले पूर्वनिर्धारित बजेट सीमाअनुसार ब्यारेक निर्माण सम्पन्न नगरेको पाइएको छ। तत्कालीन माओवादीद्वारा सञ्चालित सशस्त्र द्वन्द्वकालमा सुरक्षित बासस्थानका रूपमा प्रयोग भएका बंकर विस्थापन गर्न र पक्की ब्यारेक बनाउन सरकारले आर्थिक वर्ष २०६८/६९ बाटै बजेट विनियोजन गर्दै आएको छ।

छत्रमानसिंह गुरुङ प्रधानसेनापति हुँदा बंकर विस्थापन परियोजना थालिएको थियो। त्यसपछि गौरवशमशेर राणा, राजेन्द्र क्षेत्री हँुदै अहिले पूर्णचन्द्र थापाले सेनाको नेतृत्व गरिरहेका छन्। थापाको कार्यकाल पनि एक वर्ष बित्न लागेको छ। तर ब्यारेक निर्माण समयमै सकिने अवस्था नरहेको स्रोतको भनाइ छ। बंकर विस्थापन परियोजनाअन्तर्गत आठ वर्षमा १० अर्ब १५ करोड रुपैयाँको हाराहारीमा बजेट खर्चेर तीन हजार ५४ वटा मात्रै संरचना बनाएको सेनाले अबको दुई वर्षभित्र दुई हजार ६ सय ६५ संरचना बनाइसक्नुपर्नेछ। चालू आर्थिक वर्षमा एक सय ६९ भौतिक संरचना निर्माणाधीन रहेको सेनाले बताएको छ। सेनाले चालू आर्थिक वर्षको सुरुमै निर्धारित बजेटमा एक अर्बभन्दा बढी रकम सरकारबाट भुक्तानी लिइसकेको भए पनि लक्ष्यअनुसार काम हुन सकेको छैन।नागरिक दैनिकमा खबर छ ।

७ बर्ष अगाडि

प्रतिक्रिया