नेपालीको प्रतिव्यक्ति आय १०३४ डलर पुग्यो

७ बर्ष अगाडि

काठमाडौं– नेपालीको प्रतिव्यक्ति आयमा सुधार आएको छ । 

राष्ट्रिय तथ्यांक विभागले शुक्रबार सार्वजनिक गरेको लेखा प्रतिवेदनअनुसार गत वर्षको तुलनामा २६ डलर वृद्वि भइ एक हजार ३४ डलर पुगेको हो। 

यस वर्ष सरकारले ८ प्रतिशत आर्थिक वृद्धिदर पुर्‍याउने लक्ष्य लिएको छ । विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार भने यो वर्ष आर्थिक वृद्धिदर ६।८१ प्रतिशत रहने देखिएको छ । 

नेपालको कुलग्राहस्थ उत्पादन ३४  खर्ब  रुपैयाँ आधार मूल्यमा पुगेको छ भने कुलगार्हस्थ उत्पादनमा ८० प्रतिशत उपभोग खर्च भएको छ। कुलगार्हस्थ उत्पादनमा प्रदेश तीनको योगदान ४० प्रतिशत रहेको छ।

७ बर्ष अगाडि

प्रतिक्रिया