आइतबारदेखि कक्षा १२ को परीक्षा,४ लाख २८ हजार ५२ जना परिक्षार्थी सहभागी हुने

७ बर्ष अगाडि

काठमाडौँ – आइतबारदेखि कक्षा १२ को परीक्षा सुरु हुने भएको छ । 

शुक्रबार राष्ट्रिय परीक्षा बोर्डले पत्रकार सम्मेलन गरेर कक्षा १२ को साधारण तथा प्राविधिक विषय समूह तर्फका नियमित, ग्रेडवृद्धि एवं आंशिक परीक्षार्थीहरुको वार्षिक परीक्षा बैशाख १५ गतेबाट सुरु भएर २६ गते समाप्त हुने जानकारी दियो । 

परिक्षामा बोर्डबाट सम्बन्धन प्राप्त ४ हजार १ सय ३७ विद्यालयका कक्षा १२ मा ४ लाख २८ हजार ५२ जना परिक्षार्थी सहभागी हुनेछन् । 

त्यसैगरी कक्षा ११ को साधारण तथा प्राविधिक विषय समूह तर्फका नियमित, ग्रेडवृद्धि एवं आंशिक परीक्षार्थीहरुको वार्षिक परीक्षा बैशाख २९ गतेबाट सुरु भएर जेठ ८ गते समाप्त हुने छ । कक्षा ११ मा ५ लाख ८ हजार ४ सय ९४ जना परिक्षार्थी गरि जम्मा ९ लाख ३६ हजार ५ सय ६ (जसमध्ये छात्र ४ लाख ४२ हजार, ९ सय ९७ र छात्रा ४लाख, ९३ हजार  ५ सय ४९) परीक्षार्थीहरु हुने छन् ।

७ बर्ष अगाडि

प्रतिक्रिया