सर्वोच्चको नयाँ आदेशले गृहको सर्कुलर अलपत्र

७ बर्ष अगाडि

काठमाडौं – नागरिकताबारे गृहमन्त्रालयले गरेको एउटा सर्कुलरमाथि सर्वोच्च अदालतको दुई किसिमको आदेश भएको छ । सर्वोच्च अदालतका फरक न्यायाधीशहरुले अंगीकृत नागरिकका सन्तानलाई बंशजको नागरिकता वितरण गर्ने गृह मन्त्रालयको सकुर्लरमाथि फरक फरक अर्थ लाग्ने सर्कुलर गरेका हुन् ।

सर्वोच्चले यसअघिको आफ्नै आदेशसँग अन्तरविरोधी हुनेगरी गृहको सर्कुलरअनुसार नागरिकता वितरण नगर्न अर्को अन्तरिम आदेश गरेको हो । अघिल्लो साता सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिकृष्ण कार्की र बमकुमार श्रेष्ठको संयुक्त इजलासले गृहको सर्कुलर बमोजिम नागरिकता विवतरण नरोक्द आदेश दिएको थियो । तर, एक हप्ता नित्दै सर्वोच्चको अर्को आदेशले नागरिकता वितरणमा अन्तरिम रोक लगाएको छ ।

सर्वोच्चमा परेको अर्को रिटमा शुक्रबार सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरा र पुरुषोत्तम भण्डारीको इजलासमा परेको रिटमाथिको आदेशमा गृहमन्त्रालयको परिपत्र कार्यान्वयन नगर्न नगराउन अन्तरिम आदेश दिइएको छ ।

७ बर्ष अगाडि

प्रतिक्रिया