सरकारको एक्लो प्रयासले समृद्धि सम्भव छैन

७ बर्ष अगाडि

काठमाडौं – पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी संयोजक डा. बाबुराम भट्टराईले सरकारको एक्लै प्रयासबाट मुलुकको विकास र समृद्धि सम्भव नहुने बताएका छन् । 

भृकुटीमण्डवमा शुक्रबारदेखि शुरु भएको ‘आन्तरिक पर्यटन मेला’मा संयोजक भट्टराईले विकास र समृद्धिको लागि सरकारले निजी क्षेत्रसँग सहकार्य गर्नुपर्ने बताए । उनले पर्यटन क्षेत्रको विकासका लागि लगानी भित्रयाउने काम निजी क्षेत्रले नै गर्नुपर्ने तर्क गरे । त्यसका लागि पूर्वाधार विकास र आवश्यक नीति÷कानुनको तर्जुमा गर्नुपर्ने भट्टराईको भनाई छ ।

नेता भट्टराईले पर्यटन क्षेत्रको प्रवद्र्धन गरेर मुलुकलाई समृद्ध बनाउन तुलानात्मक लाभका क्षेत्रहरुको पहिचान गरी लगानी गर्न व्यवसायीलाई आग्रह गरेका थिए।
 

७ बर्ष अगाडि

प्रतिक्रिया