हिन्दु राष्ट्र माग्ने राप्रपा पुन: आन्दोलनको तयारीमा

७ बर्ष अगाडि

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी जनसंघर्षका कार्यक्रमहरुलाई प्रभावकारी ढंगले सम्पन्न गर्न जनसंघर्षको तयारीलाई तिव्रता दिएको छ । 

पार्टीका वरिष्ठ उपाध्यक्ष एवं जनसंघर्ष परिचालन समितिका कमाण्डर बुद्धीमान तामाङको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आज सम्पन्न काठमाडौंमा उपस्थित केन्द्रीय पदाधिकारीहरु तथा प्रदेश प्रमुखहरुको संयुक्त बैठकमा आगामी जनसंघर्ष र संगठन सुदृढीकरण सम्बन्धी घनिभुत छलफल भएको थियो ।

बैठकमा सहभागिहरुले जनसंघर्षका आगामी कार्यक्रमहरु भव्य एवं प्रभावकारी बनाउन विभिन्न सुझावहरु प्रस्तुत गर्नुभएको थियो । हिन्दुराष्ट्र पुनस्र्थापना लगायतका २२ बुँदे माग अघि सारेर गत फागुन ७ गतेदेखि राप्रपा शान्तिपूर्ण आन्दोलनमा उत्रीएको छ ।

७ बर्ष अगाडि

प्रतिक्रिया